अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

मेलबर्न बाट कपिलले ल्याए ‘तिमीलाई नै’ ( भिडियो )

बिआरटीनेपाल २०७७ फागुन २१ गते ८:३४ मा प्रकाशित

काठमाडौँ । केही समयअघि ‘छम छमी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएका गायक कपिल सापकोटाले ‘तिमीलाई नै’ बोलको लिरिकल भिडियो सार्वजनिक गरेका छन्।

पप भर्सनको यस गीतमा स्वर,शब्द र सगीत स्वयम् गायक कपिल सापकोटाको रहेको छ। वाकअले निर्माण गरेको लिरिकल भिडियोलाई ‘बाबा फिल्म्स प्रडक्शन’को अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको हो।

अस्ट्रेलियाको मेलबर्न सहरमा बसेर नेपाली सङ्गीतमा क्रियाशील गायक सापकोटाले यस गीतको अफ़िसिएल म्युजिक भिडियो छिट्टै सार्वजनिक हुने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू