अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

रामकृष्ण ढकालको आवाजमा उमेश रेग्मीको “सानु मेरो याद आयो भने”

बिआरटीनेपाल २०७७ फागुन १२ गते ६:४३ मा प्रकाशित

धरान । हाल अमेरिकामा बसेर नेपाली गीत-सङ्गीतमा निरन्तर उत्कृष्ट गीत- सङ्गीतहरू दिइरहेका गीतकार/सङ्गीतकार उमेश रेग्मीले आफ्नो अर्को सौगात गायक रामकृष्ण ढकालको स्वरमा म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन् ।

आफ्नै गोत्र इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको “सानु मेरो याद आयो भने ” बोलको गीतको सङ्गीत संयोजन महाराज थापाले गरेका छन् भने युवराज वाइबाको निर्देशन, निशाल पौडेलको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ ।

साक्षी लम्साल, प्रेम कुमार श्रेष्ठ र गायक रामकृष्ण ढकाल स्वयंको अभिनयले गीत सँगै भिडियोलाई पूर्ण बनाइदिएको छ ।

इनरुवाका स्थायी बासिन्दा गीतकार /सङ्गीतकार उमेश रेग्मीले २०६५ साल ताका नै सुनसरी इनरुवा र उमेश नामको दुई एल्बम आफ्नै स्वर तथा शब्द सङ्गीतमा निकालिसकेका छन् । सङ्गीतलाई आफ्नो शौक मान्ने उमेशले अमेरिकाको बसाइ पछि भने विगत दुई वर्ष देखि निरन्तर आफ्नो शब्द – सङ्गीतमा दीप श्रेष्ठ, रामकृष्ण ढकाल, अन्जु पन्त, शिव परियार, विश्व नेपाली, टिका प्रसाई, सञ्जीवनी, नवीन राहपल, राज पौडेल, विवेक श्रेष्ठ लगायतका नयाँ देखि अग्रज गायक -गायिकाहरूको स्वर रेकर्ड गरिसकेका छन् भने भविष्यमा अझ उत्कृष्ट गीत-सङ्गीत पस्कने कोसिस जारी राख्ने बताउछन ।

सानु गीतको भिडियो लिङ्क:

प्रतिक्रिया