अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

महिलालाई यौन हिसांबाट जोगाउन भारतीय नागरिकले गरे ‘लिपस्टिक गन’ को आविष्कार

बिआरटीनेपाल २०७७ फागुन ११ गते ८:१६ मा प्रकाशित

महिलालाई यौन हिसांबाट जोगाउन सजिलो हुने भन्दै भारतीय नागरिक श्याम चौरासीयाले ‘लिपस्टिक गन’ र अन्य ग्याजेटहरूको आविष्कार गरेका छन् ।महिलामाथि हुने यौन हिसांबाट महिलालाई जोगाउन मद्दत पुग्ने भन्दै भारतका चौरासीयले लिपस्टिक गन र अन्य ग्याजेटहरू आविष्कार गरेको दावी गरेका छन् । उनले महिलाले प्रयोग गर्ने सामग्रीहरु पर्स, लिपस्टिक, स्यान्डललगायतका ग्याजेटहरुमा गन फिट गर्ने गर्छन् । यस प्रकारको गनले बढ्दो बलात्कार तथा यौन दुव्र्यवहारबाट बच्न महिलालाई मद्दत पुग्ने उनको दावी छ ।

श्यामले भारतीय महिलालाई मात्र होइन सम्पुर्ण महिलालाई सुरक्षीत राख्न यस गनले सहयोग पुग्ने बताए। गनका विषयमा कुरा गदै स्थानीय महिला प्रियांका शर्माले महिलाको सुरक्षाको लागि यो जरुरी भएको बताईन् । गन आविष्कार भएकोमा खुशी व्यक्त गदै उनले आजभोली महिलामाथि यौन हिसां बढेकाले यो गन राम्रो साबित हुने बताईन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू