अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

कोलोराडोको विभिन्न स्थानमा आकाशबाट प्लेनका टुक्रा खसे (फोटो फिचर)

बिआरटीनेपाल २०७७ फागुन ९ गते ८:२४ मा प्रकाशित

कोलोराडो । उडान भरेको केही क्षणमै एउटा इन्जिन फेल भएपछि युनाइटेड एयरलाइन्सको एउटा प्लेन शनिवार दिउँसो डेनभर इन्टरनेशनल एयरपोर्टमा आपत्कालीन अवतरण गरेको छ ।

अवतरण गर्ने क्रममा डेनभरको विभिन्न स्थानमा प्लेनको टुक्रा खसेको छ । त्यसबाट हालसम्म कसैलाई चोटपटक लागेको गुनासो आएको छैन । तर, सामाजिक सञ्जालमा विभिन्न ठाउँमा खसेका प्लेनका टुक्रा भने राखिएका छन् ।

‘युनाइटेडको फ्लाइट नम्बर ३२८ को एउटा इन्जिन फेल भएपछि सुरक्षित रूपमा विमानस्थल फर्केको छ,’ युनाइटेड एयरलाइन्सका प्रवक्ता डेभिड गोन्जालेजले भने, ‘इन्जिन फेल भएका विषयमा छानबिन भइरहेको छ । हामी सरोकारवाला निकायसँग समन्वय गरिरहेका छौँ ।’ उनले प्लेनका टुक्रा खसेका सम्बन्धमा स्थानीय सरोकारवाला नियकालाई जानकारी गराउन आग्रह गरेका छन् ।

होनोलुलु, हवाई का लागि उडेको उक्त बोइङ ७७७ प्लेनको दाहिने इन्जिन फेल भएको थियो । त्यसपछि चालक दलले उक्त प्लेनलाई दिउँसो स्थानीय समय अनुसार १ः२९ मा सुरक्षित अवतरण गराएका थिए । प्लेनमा २ सय ३१ यात्रु थिए । साथै चालकसहित प्लेनमा थप १० जना स्टाफ थिए ।

सामाजिक सञ्जालमा प्लेनका टुक्रा पोस्ट्याउनेमा बु्रमफिल्ड पुलिस डिपार्टमेन्ट समेत छ । उसले पोस्ट्याएको फोटो हेर्दा प्लेनको इन्जिनको बाहिरी भागजस्तो देखिन्छ ।

Photo: NYPOST

प्रतिक्रिया