अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०० | Colorodo: 05:15

अफगानिस्तानमा सेनाको हवाइ आक्रमण, ६ तलिबान लडाकू मारिए

बिआरटीनेपाल २०७७ माघ २६ गते ६:५८ मा प्रकाशित

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिबान लडाकू समूहको केन्द्रलाई लक्षित गरी अफगान सेनाले गरेको आक्रमणमा परी कम्तीमा ६ तालिबान लडाकू मारिएका सेनाले पुष्टि गरेको छ ।फर्याब प्रान्तको क्युएसार र सिरिन तागाब जिल्लामा भएको हवाई कारबाहीमा परी ६ जनाको मृत्यु हुनुको साथै १४ जना घाइते भएका सेनाले विज्ञप्तिमा मार्फत जनाइएको छ ।

आफ्नो स्थिति सुदृढ पार्ने प्रयास गरिरहेका तालिबानी आतङ्ककारीविरुद्ध अफगान सुरक्षा बलले आक्रमणलाई तीव्र पारेको छ । तालिबान लडाकू समूहले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । शनिबार गरेको आक्रमणमा तालिबान समूहका १८ जना लडाकू मारिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू