अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१८ | Colorodo: 03:33

भारतमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी, १८ जनाको मृत्यु, १ सय ५० भन्दा बढी व्यक्ति बेपत्ता, खोजी कार्य जारी

बिआरटीनेपाल २०७७ माघ २६ गते ६:५४ मा प्रकाशित

भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तराखण्डको जोशीमठमा अलकनन्दा हिमनदी फुटेर धौलीगङ्गा नदीमा मिसिँदा बाढी आएको हो । अलकनन्दामा पनि पानीको सतह बढेको छ ।

हिमताल फुटेर आएको बाढीमा परि मृत्यु भएका १८ जनाको शव निकालिएका स्थानीय अधिकारीले बताएका छन् । अझै पनि पनि १ सय ५० जना बेपत्ता रहेको र खोजी भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

हिमताल विस्फोटपछि आएको बाढीले ऋषिगङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको बताइएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार आयोजनामा काम गरिरहेका एक सय बढी मजदुर अझै हराइरहेका छन् भने सुरुङमा फसेका १६ जनाको जिवितै उद्धार गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू