अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३६ | Colorodo: 21:51

अमेरिकी पूर्वराष्ट्रपतिओबामा दम्पती फिल्म निर्माणमा, ‘तेन्जिङ’ लगायत अन्य प्रोजेक्ट बन्दै

बिआरटीनेपाल २०७७ माघ २५ गते ७:३३ मा प्रकाशित

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाले फिल्म र सिरिज निर्माण गर्ने बताईएको छ । नेट्फ्लिक्ससँग सम्झौताको ११ महिनापछि ओबामा दम्पतीले निर्माण गर्न लागेका शोहरूको सूची सार्वजनिक गर्नुभएको हो । ओबामा दम्पतीको निर्माण कम्पनी ‘हाइयर ग्राउन्ड प्रोडक्सन’ ले नेट्फ्लिक्ससँग सहकार्य गरी ६ वटा प्रोजेक्ट तयार गर्न लागेको घोषणा गरेको हो । जसमा चारवटा डकुमेन्ट्री फिल्म र २ वटा टीभी शो छन् । ओबामा दम्पतीले घोषणा गरेको सातवटा प्रोजेक्टमध्ये सगरमाथा शिखर पुगेका प्रथम नेपाली आरोही तेन्जिङ नोर्बु शेर्पामा आधारित ‘तेन्जिङ’ शीर्षकमा चलचित्र बन्ने भएको छ ।

योभन्दा अघि यस निर्माण कम्पनीले ओस्कार जित्न सफल डकुमेन्ट्री ‘अमेरिकन फ्याक्ट्री’ निर्माण गरिसकेको छ । आगामी प्रोजेक्टबारे घोषणा गर्ने क्रममा कम्पनीले मोहसिन हमिदको चर्चित उपन्यास ‘एग्जिट वेस्ट’ लाई पनि फिल्ममा उतार्न जरुरी भएको बताएको हो । यसबाहेक ओबामा जोडिले निर्देशक र्यान जोनसनसँगको सहकार्यमा साइन्स फिक्सन चलचित्र ‘स्याटलाइट’ निर्माण गर्दै छन् । ओबामा जोडीले निर्माण गर्न लागेको अर्को चलचित्र ‘द योङ वाइफ’ छ ।

ओबामाको निर्माण टिमले निर्माण गर्ने दुईवटा टीभी शोमा ‘फायर किपर्स डटर’ र दोस्रो सिरिजको शीर्षक तय हुन बाँकी भए पनि यो अमेरिकाको राष्ट्रिय पार्कहरूको बारेमा रहनेछ । ‘हायर ग्राउन्ड प्रोडक्सन’ले नेटफ्लिक्ससँग सन् २०१८ मा सम्झौता गरेको हो । निर्माण कम्पनीले राजनीतिक विषयलाई नछोइ अन्य धेरै विषयलाई समेट्ने प्रयास गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू