अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

फिलिपिन्समा शक्तिशाली भूकम्पको धक्का

बिआरटीनेपाल २०७७ माघ २५ गते ७:३१ मा प्रकाशित

फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । आइतबार मध्यान्ह ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको हो । स्थानीय समयानुसार आइतबार १२ः२२ दिउँसो उक्त भूकम्प गएको बताइएको छ । माग्सेसे शहरबाट ६ किलोमिटर दक्षिणपश्चिममा १५ किलोमिटरको गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।

यस भूकम्पको कम्पन कोटाबाटो प्रान्तको कादापावान शहर र कोरोनादाल शहरमा पनि कम्पनको महसूस गरिएको समाचारमा जनाइएको छ । यस भूकम्पबाट मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन । फिलिपिन्समा भूकम्पको प्रकोपले बारम्बार सताएको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू