अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५० | Colorodo: 02:05

वुहान हैन, अन्यत्रै उत्पत्ति भएको थियो कोरोनाभाइरस– विश्व स्वास्थ्य संगठन

बिआरटीनेपाल २०७७ माघ २५ गते ७:२७ मा प्रकाशित

वुहानको सामुद्रिक खाना राखिएको बजारबाट कोभिड–१९ को सङ्क्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरूले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यस्तो देखिएको हो ।कोभिड अन्यत्र उत्पत्ति भएको तर त्यही सामुद्रिक खाना तथा तरकारीहरूको बजारबाट बिस्तार भएको अुनमान गरिएको विश्व स्वास्थ्य संगठनका अधिकारीहरूलाई उदृत गर्दै समाचार संस्था सिन्हले जनाएको छ ।

हालै डब्लूएचओका टोलीले वुहानमा पुगेर कोरोना उत्पतिका बारेमा अनुसन्धान गरेको थियो । अनुसन्धानबाट कोभिड वुहानको सामुद्रिक खानाहरूको बजारबाट विस्तार भएको पाइएको जनाइएको छ । तर पनि यो सङ्क्रमण भने अन्यत्र कतै देखिएको ती विज्ञहरुले बताएका छन् । उनीहरूले कोभिड–१९को भाइरस कहाँबाट उत्पत्ति भएको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनको टोलीले वुहान शहरमा रहेको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा रहेको ल्याबको पनि अनुसन्धान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू