अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

म्यानमारमा इन्टरनेट बन्द

बिआरटीनेपाल २०७७ माघ २५ गते ७:२० मा प्रकाशित

म्यान्मारको सेनाले गत सोमबार गरेको कू को विरोधमा दैनिक हजारौँ मानिसहरू सडक प्रर्दशनमा उत्रिने गरेका छन् । सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा आम नागरिक ठूलो सङ्ख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ । प्रदर्शनकारीले म्यान्मारका प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टको विनाशर्त रिहाई गर्न माग गरेका छन् ।

म्यान्मारको सबैभन्दा ठूलो शहर याङ्गुन स्थित याङ्गुन विश्वविद्यालय नजिक २ हजारभन्दा बढी श्रम संगठन र विद्यार्थीहरु समेत सहभागी भएर सेनाको कदमको विरोध गरेका थिए । नेतृ सुकी र राष्ट्रपति मिन्ट सहित दर्जनौं नेता तथा कार्यकर्तालाई सेनाले नजरबन्दमा राखेको छ । आज सेनाले इन्टरेनटमा अवरोध गर्दा ट्विटर र इन्स्टाग्राम सहित फेसबुक बन्द भएका छन् । म्यानमारमा सेनाले निर्वाचित संसदलाई जिम्मेवारी दिने दिनमा नै लिइएको सैन्य कदमले देश अशान्त बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू