अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५ | Colorodo: 04:20

कास्कीको घान्द्रुकमा सिनेमा पर्यटन र साहित्य संवाद

बिआरटीनेपाल २०७७ माघ १४ गते ७:०३ मा प्रकाशित

चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको आयोजनामा सिनेमा संवाद एट घान्द्रुक कार्यक्रम सम्पन्न भएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने सुन्दर गाउँ घान्द्रुकमा देखिने सुन्दर हिमाललाई साक्षी राखेर भएको संवाद कार्यक्रम दुई सेसनमा सम्पन्न भएको हो । ‘सिनेमा टुरिजम – सम्बन्ध र सम्भावना’ शीर्षकको पहिलो सत्रमा निर्देशक तथा कलाकार सुदर्शन थापा र पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बोल्नुभएको थियो

दोस्रो सेसनमा ‘सिनेमा साहित्यः सम्बन्ध र साझेदारी’ विषयमा छलफल भएको छ । कलाकार दीपकराज गिरी, लेखक गनेश पौडेल, कवि भूषिता वशिष्ठ वक्ता रहेको सेसनको सहजकर्ता सञ्चारकर्मी समेत रहनुभएका सिनेमा निर्देशक दिनेश डिसी सहभागी हुनुभयो । संवाद कार्यक्रमले पर्यटन क्षेत्र र चलचित्र क्षेत्रबीच सुमधुर सम्बन्ध स्थापित गर्नसहयोग पुर्याउने अपेक्षा चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू