अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५ | Colorodo: 12:10

सुनचाँदी व्यवसाय संकटमा

बिआरटीनेपाल २०७७ पुष २४ गते ८:३६ मा प्रकाशित

सुनचाँदी व्यवसायीहरुले कोभिड–१९ का कारण संकट परेको बताएका छन् । लामो समय लकडाउन भएपछि व्यापार ठप्प हुँदा धारासायी हुने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ ।

सुनचाँदी व्यवसायलाई सरकारबाट कुनैपनि राहतका कार्यक्रम नआएको, बैंकको किस्ता तथा ब्याज तिर्न समस्या भएको र घरभाडा बुझाउन समस्या भएको र यही अवस्था रहेमा धारासायी हुने अवस्थामा पुग्ने बताएका छन् ।

यस्तै, लकडाउन खुलेपछि पनि सुनको भाउमा उच्च वृद्धि हुँदा व्यापार कम भएकाले समस्या उत्पन्न भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू