अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१६ | Colorodo: 02:31

सुनिल र मेलिनाको दिउँला माया तिमिलाईमा यसरी खुलिन् उर्मिला

बिआरटीनेपाल २०७७ पुष १४ गते ९:०४ मा प्रकाशित

काठमाडौँ । लोकप्रिय लोक पप गायक सुनिल गिरी र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘दिउँला माया तिमीलाई’को भिडियो सार्वजनिक भएको छ । ‘दिउँला माया तिमीलाई’ सोल्टिनीको भाग २ हो ।

तनहुँको चर्चित पर्यटकीय स्थल मानहुँकोटमा छायाङ्कन गरिएको भिडियोमा सुनिल र उर्मिला गुरुङको रोमान्टिक प्रेम कथालाई देखाइएको छ । बढ्दो चिसोमा सुनिल र उर्मिला स्पष्ट देखिएको सेताम्मे हिमाल र चिसो सिरेटोकाबिचमा गज्जबसँग खुलेका छन् ।

सुनिलकै शब्द, सङ्गीत रहेको गीतमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ । सुनिलको निर्देशनमा छायाङ्कन गरिएको भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ । मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन् । बिकेक विकको छायाङ्कन र सम्पादन र कलरिंग रहेको गीतको भिडियो गायक सुनिलकै आफ्नै च्यानलबाट बजारमा ल्याइएको हो । गायक गिरीका यसअघि सोल्टिनी, को होला त्यो, कस्तो यो मन, रोगै पिरती, मुग्लान्, लगायता गीतहरू चर्चित छन् ।

प्रतिक्रिया