अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२७ | Colorodo: 12:42

प्रताप दास र कविताको स्वरमा ज्ञानीमाया र हेरुकाको गोधुली सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७७ मंसिर २६ गते ८:२१ मा प्रकाशित

काठमाडौँ । गायक प्रताप दास र गायिका कविता श्रेष्ठको स्वरमा नयाँ गीत गोधुली सार्वजनिक भएको छ । नव प्रतिभा ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको गीत शुक्रवार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा ज्ञानीमाया र हेरुकाको रोमान्सलाई प्रस्तुत गरिएको छ । प्राकृतिक सौन्दर्य सहितको लोकेसनमा खिचिएको गीतमा नव प्रतिभा ज्ञानीमाया र हेरुका लाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

राजेश कुमार श्रेष्ठको शब्द सङ्गीतमा तयार भएको भिडियो गीतलाई भुईसल लामाले निर्माण गरेका हुन् । गीतमा दिनेश पाख्रिनको निर्देशन रहेको छ । अमूल कार्कीको एरेञ्ज रहेको गीतमा तारा थापाको सम्पादन र रामेश्वर हुमागाईको छायाङ्कन रहेको छ ।

प्रताप दासले आफूले गाएका गीतहरू मध्य उत्कृष्टको लिस्टमा गोधुली पर्ने बताएका छन् । नव प्रतिभा ज्ञानीमायाले तामाङ गीत सङ्गीतसँगै नेपाली गीत सङ्गीतमा पनि बिस्तारै आफ्नो दायित्व बढाउने गरी भिडियोमा अभिनय गरेको बताएकी छन् । गीतमा दीक्षा पाख्रिनको कोरियोग्राफि रहेको छ । दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी कलाकार भुईसाल लामाले भिडियो निर्माणसँगै बिस्तारै फिल्म निर्माणको तयारी रहेको समेत बताएकी छन् । यस समूहले लगातार भिडियो निर्माण गरिने पनि बताइएको छ ।

प्रतिक्रिया