अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१६ | Colorodo: 03:31

इलाममा ‘थोत्रे साइकल’मा देखिए राजा (भिडियो)

बिआरटीनेपाल २०७७ मंसिर २० गते ११:२६ मा प्रकाशित

काठमाडौँ । इलामको रमणीय चिया बगानको दृश्य समेटेर तयार पारिएको ‘थोत्रे साइकल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा गायक राजा खतिवडा र गायिका योजना पुरीको युगल गायन रहेको छ। पुष्कर खतिवडाको शब्द र सङ्गीतमा रहेको यस गीतलाई ओम सुनारले सङ्गीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा स्वयम गायक राजा खतिवडा र सृजु ढुंगाना बिचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भिडियोमा राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीको समेत अभिनय देख्न सकिन्छ।

म्युजिक भिडियोमा ओम प्रसाई छायाङ्कन र नवीन निरौलाको सम्पादन छ। जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो।

आफ्नो पहिलो डेब्यु भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायक खतिवडाले सम्पूर्ण दर्शक , श्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् । साथै आगामी दिनहरूमा अझ स्तरीय सिर्जनाहरू सार्वजनिक गर्दै जाने गायक खतिवडाले बताएका छन्।

प्रतिक्रिया