अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

गायिका अस्मिता अधिकारी र भिमको गीतमा भीम र स्मृतिको अभिनय

बिआरटीनेपाल २०७७ मंसिर २० गते ११:१५ मा प्रकाशित

काठमाडौँ । नेपाल आइडलबाट चर्चा कमाएकी लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वर रहेको ‘माझी दाइ’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा अस्मितालाई गायक भीम श्रेष्ठले स्वरमा साथ दिएका छन् । प्रेम रोमान्सका दृश्यहरू देखाइएको भिडियोमा लाहुरे युवकले आँफु एक्लो भएको कुरा साङ्केतिक तरिकाले युवतीलाई राख्छन् । प्रेम, रोमान्स, माझीदाईले माछा मारिरहेका रमाइला दृश्य सहित वियोगान्त प्रेम कथाले भरिएको भिडियोमा गायक भीम र स्मृति श्रेष्ठको अभिनय रहेको छ ।

माझी दाइले खोलामा जालो हानेर हेरेर बसेकी कान्छीको फोटो खिच्दा नजिकिएकी युवतीसँग गरिएको रोमान्टिक कुराकानीलाई निर्देशक फराज अर्पणले गज्जबसँग प्रस्तुत गरेका छन् । निर्देशक फराजको शब्द सङ्गीत रहेको भिडियोको छायाङ्कन अनिल कटुवाल र फराज अर्पणको रहेको छ । फराज अर्पण र सतिज श्रेष्ठको सम्पादन रहेको गीतको एरेन्ज बिजेश्वर तण्डुकारले गरेका हुन् । राजेश्वर तण्डुकारको मिक्स मास्टरिगं रहेको गीतको भिडियोमा सतिज श्रेष्ठको कलर रहेको छ । सार्वजनिक भिडियोलाई गायक श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा ल्याइएको हो ।

प्रतिक्रिया