अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०१ | Colorodo: 11:16

मदनदास श्रेष्ठ र कृष्ण मल्ललाई हरितारा चलचित्र पुरस्कार प्रदान गरिने

बिआरटीनेपाल २०७७ मंसिर १९ गते ७:४३ मा प्रकाशित

चलचित्र क्षेत्रमा लामो समयदेखि विभिन्न चलचित्रकर्मीहरूलाई पुरस्कृत तथा सम्मानित गर्दै आएको हरितारा चलचित्र पुरस्कार समितिले २०७५ सालको हरितार चलचित्र पुरस्कार चलचित्रकर्मी कृष्ण मल्ल र नाट्यकर्मी मदनदास श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारका संरक्षक मनोज शमशेर जबराको अध्यक्षतामा वुधबार बसेको बैठकले उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सोही बैठकले २०७६ सालको हरितारा चलचित्र पुरस्कार गीतकार सहदेव ढुंगानालाई प्रदान गर्ने निर्णय गरेको छ ।

वि.सं. २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफु र आफ्ना पति हरि शमशेरको नाममा अक्षय कोष खडा गरी पुरस्कारको स्थापना गर्नुभएको हो । चार दशक अघिदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय तथा नेपाली कला संस्कृति, रंगमञ्च, रेडियो नाटकका क्षेत्रमा विशेष योगदान पुर्याएका अभिनेता कृष्ण मल्ल र अभिनेता मदनदास श्रेष्ठलाई पुरस्कार प्रदान गर्न लागिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी ०७६ सालको हरितारा चलचित्र पुरस्कार चार दशक भन्दा बढी समयदेखि गीत रचनाका माध्यमबाट नेपाली कला संस्कृति एवं गीत संगीतका क्षेत्रमा योगदान पुर्याउनुभएका गीतकार सहदेव ढुंगानालाई प्रदान गर्न लागिएको हो । पुरस्कारको थैली जनही २५/२५ हजार रुपैयाँको रहेको छ ।

 

प्रतिक्रिया