अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३१ | Colorodo: 20:46

विश्वभर ४ करोड ५० लाख ९० हजार ९ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ मंसिर १८ गते ७:१४ मा प्रकाशित

विश्वभर हालसम्म ४ करोड ५० लाख ९० हजार ९ सय २५ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ६ करोड ४९ लाख ८५ हजार ९ सय १२ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १५ लाख २ हजार २ सय २५ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ८३ लाख ९२ हजार ३२ संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये १ लाख ६ हजार ६ सय ८५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ८१ लाख ८५ हजार ३ सय ४७ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड ४३ लाख १४ हजार २ सय ६५ जना संक्रमित भएका छन् भने २ लाख ७९ हजार ८ सय ६७ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ९५ लाख ३४ हजार ९ सय ६४ जना संक्रमित हुँदा १ लाख ३८ हजार ६ सय ५७ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ६४ लाख ३६ हजार ६ सय ५० जना संक्रमित भएका छन् भने १ लाख ७४ हजार ५ सय ३१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू