अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६ | Colorodo: 20:31

ठप्प रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि फिल्म क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थाहरू एकजुट

बिआरटीनेपाल २०७७ मंसिर १४ गते १९:११ मा प्रकाशित

कोभिड १९ कोरोना भाइरसको कारण ठप्प रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि फिल्म क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थाहरू एकजुट हुने भएका छन् ।

आज दिउँसो फिल्म क्षेत्रका छ वटा विभिन्न सङ्घ संस्थाहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारलाई चलचित्र क्षेत्रलाई चलायमान गराउन दबाबसहितको आग्रह गर्ने निर्णय गरेका छन् । नेपाल चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र प्राविधिक सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र नृत्य सङ्घ, नेपाल चलचित्र द्वन्द्व सङ्घ तथा जनजाति चलचित्र महासङ्घले एउटा प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई दबाब दिने कुराको जानकारी गराएका छन् ।

जारी विज्ञप्तिमा ‘कोभिड–१९ कोरोनाको प्रकोप सुरु भएदेखि विगत नौ महिना यता जनजीवन, व्यापार, व्यवसाय, पेसा सबै अस्तव्यस्त भएको र पेसा, व्यापार, व्यवसायलाई गम्भीर असर परेको सर्वविदितै छ । चैत ११ गतेदेखिको लकडाउनले गर्दा नेपाली चलचित्र क्षेत्र समेत बन्द यो लकडाउनले गर्दा चलचित्र क्षेत्रमा आश्रित हजारौँ पेसाकर्मी बेरोजगार भएका छन् । रोजगारी नभएको कारणले चलचित्रका हजारौँ पेसाकर्मीको जीवनयापन कठिन भइरहेको छ भने चलचित्रका लगानीकर्ताहरूको लगानी स्थिर भएर बसेको छ ।

त्यस्तै, विज्ञप्तिमा फिल्मका प्रदर्शकहरूको अवस्था झन् गम्भीर भएर गएको उल्लेख गर्दै विगतमा फिल्म क्षेत्रका विभिन्न सङ्घ–संस्था र चलचित्र विकास बोर्डले राहत उपलब्ध गराएको भए पनि फिल्म क्षेत्रको उत्थानका लागि दीर्घकालीन समाधान भनेको क्षेत्र चलायमान हुनु नै हो।अन्य क्षेत्रहरू चलायमान भए जस्तै विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारको मापदण्डको अधीनमा रही चलचित्र क्षेत्र चलायमान हुनुपर्छ भन्ने हाम्रो माग हो, विज्ञप्तिमा भनिएको छ(‘मापदण्डको पालना गरी चलचित्र छायाङ्कन हुनुपर्छ, चलचित्र प्रदर्शन हुनुपर्छ । यसका लागि चलचित्र क्षेत्रका सङ्घ–संस्थाहरूले कस्तो भूमिका निर्वाह गर्नुपर्छ, त्यसको लागि हामी तयार रहेको प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।’

फिल्मसँग सम्बन्धित सङ्घसंस्थाले सञ्चार तथा सूचना मन्त्रीलाई भेटी फिल्म क्षेत्रमा सङ्घ–संस्था सम्मिलित प्रतिनिधि मण्डलले ध्यानाकर्षण गराएको थियो। सरकार फिल्म क्षेत्र खुलाउन सकारात्मक देखिएको विगज्ञप्तीमा उल्लेख गरिएको छ । साथै चलचित्र विकास बोर्डबाट पनि सिनेमा हल खोलाउनकालागि अथक प्रयास भइरहेको र यस्तै विषम परिस्थितिको अवस्था लाई बुझेर विकास बोर्ड ले ” “चलचित्रकर्मी विपत् व्यवस्थापन समिति” गठन गर्न लागेकोमा विकास बोर्ड अध्यक्ष श्री दयाराम दाहाल ज्यु लगायत बोर्ड परिवार प्रति सम्पूर्ण चलचित्रकर्मी आभार प्रकट गर्दछौ ।

चलचित्र क्षेत्र बन्द हुँदा चलचित्र विकास बोर्डको आम्दानीको स्रोत नै बन्द रहेको र बोर्डले चाहेर पनि फिल्मकर्मीलाई आर्थिक तथा राहत दिन नसक्ने भनिएको छ । सरकारसँग फिल्मकर्मी बचाउन तथा पलायन हुनबाट रोक्नका लागि आवश्यक आर्थिक राहत प्याकेजको व्यवस्था गर्न माग गरिएको छ। साथै, यथाशीघ्र फिल्म क्षेत्रलाई खुला गरी चलायमान गराउन सरकारसँग ६ संस्थाले माग गरेका छन् ।

जारी गरिएको विज्ञप्तिमा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, नेपाल चलचित्र प्राविधिक सङ्घको अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा राणा, नेपाल चलचित्र नृत्य सङ्घका कार्यवाहक अध्यक्ष जनक कार्की, नेपाल चलचित्र द्वन्द्व सङ्घका अध्यक्ष सूर्य थोकर तथा जनजाति चलचित्र महासङ्घका अध्यक्ष अमृत सुनुवारको नाम उल्लेख भए पनि दुई वटा सङ्घका अध्यक्षहरू कारणवश उपस्थित हुन नसक्दा निर्देशक समाजका महासचिव श्री जनकदीप पराजुली द्वन्द्व सङ्घका उपाध्यक्ष श्री हिक्मत थपलियाले पनि आफ्नो तर्फबाट सिनेमा हल खोल्न पर्नेमा जोड दिँदै हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया