अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१४ | Colorodo: 14:29

सेयर बजारमा नयाँ रेकर्ड, आइतबार झण्डै ७ अर्बको कारोबार

बिआरटीनेपाल २०७७ मंसिर ७ गते ६:०५ मा प्रकाशित

आज शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो समय लगातार बढ्दै गएको बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको हो । आज बजार बन्दहुँदा ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

गत साता बिहीबार एकैदिन ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्डलाई आइतबारको कारोबारले तोडेको छ । बजारमा २ सय १ कम्पनीको ६३ हजार ५ सय ७० पटकको कारोबारबाट १ करोड ६० लाख ३४ हजार ७ सय १७ कित्ता शेयर खरिदविक्री भएको छ ।

कारोबार सुरु भएदेखि नै उतारचढाव देखिएको नेप्से परिसूचक कारोबार बन्द हुँदा भने ४ दशमलव ६९ अंकले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ अंकमा बन्द भएको छ । दिनभर नेप्सेमा करिब ५० अंकको उतारचढाव देखिएको छ ।कारोबारमा आएका समूह मध्ये बैंकिङ, विकास बैंक र अन्य समूह बाहेकका सबै समूहका सूचकहरु घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू