अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

२ दशकपछि ‘सल्लेरी पाखामा’ लिएर गायनमा फर्किए दीपक तुम्बापो (भिडियो)

बिआरटीनेपाल २०७७ कार्तिक ३० गते ९:३२ मा प्रकाशित

गायक दीपक तुम्बापो करिब २ दशक पछि नेपाली साङ्गीतिक छेत्रमा कम ब्याक हुनु भएको छ। २०५८ सालमा रेकर्ड गरिएको गीतलाई डिजिटल युगको पहिलो गीतको रूपमा ‘सल्लेरी पाखामा’लाई आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेर गायक दीपक तुम्बापो पुनः सङ्गीतमा फर्किएका हुन् । स्वर्गीय भीम दा तुम्बापोको शब्द र सङ्गीत र विश्व अधिकारीको एरेन्ज रहेको ‘सल्लेरी पाखामा’ गीतको भिडियोमा दीपक तुम्बापो र मिस पुर्वान्चल मोनिका लिम्बुको अभिनय रहेको छ ।

नरेन मोक्तानको सिनेमाटोग्राफी र प्रदीप बस्नेतको सम्पादन रहेको भिडियोलाई युवा निर्देशक देवजंग थापाको निर्देशन गरेका हुन् । नेपाली साङ्गीतिक छेत्रमा धेरै पहिला लागेको भए पनि विभिन्न कारणले गर्दा साङ्गीतिक छेत्रलाई निरन्तरता दिन न सकिएको बताउँदै गायक तुम्बापोले साथीहरूको सल्लाहमा पुनः गीत लिएर दर्शक माझ आएको बताउनु भयो । 

प्रतिक्रिया