अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०० | Colorodo: 15:15

सुनको मूल्य एकैदिन तोलामा एक हजारले बढ्यो

बिआरटीनेपाल २०७७ कार्तिक २१ गते ६:३० मा प्रकाशित

सुनको मूल्य शुक्रबार एकैदिन तोलामा एक हजारले बढेको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ९६ हजार २०० मा कारोबार भएको थियो ।

गएको आइतबार तोलाको ९४ हजार ५०० मा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म दुई हजार ७०० रुपैयाँले बढेर तोलाको ९७ हजार २०० पुगेको हो ।यस्तै, शुक्रबार चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेको छ ।

चाँदी शुक्रबार एकैदिन ४५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य एक हप्तामा तोलामा ७५ रुपैयाँले उकालो लागेको छ । अन्तराष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔंन्स १९ सय ४्र७ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू