अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

नेपालमा २२२५ थपिए सङ्क्रमित, मृत्यु हुनेको सङ्ख्या ८४२ पुग्यो

बिआरटीनेपाल २०७७ कार्तिक ८ गते १२:३२ मा प्रकाशित

काठमाडौँ, नेपालमा कोरोनाभाइरसका २२२५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ८४६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १३ हजार ८४६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २२२५ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ५५ हजार २३३ पुगेको छ । हाल ४६ हजार ५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २,८४६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख आठ हजार ३३४ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसै गरी, पछिल्लो चौबीस घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या ८४२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू