अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि अन्तिम बहस हुँदै

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते २२:०० मा प्रकाशित

अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचन अघि आज(शुक्रबार) दुई उम्मेदवार राष्ट्रपति डोनल्ड ट्रम्प र जो वाइडेनबीच अन्तिम बहस हुंदैछ ।उहांहरुबीचको पहिलो बहसमा भने निकै चर्काचर्की भएकाले आजको बहसमा केही नयाँ नियम लागु गरिएको छ ।

बहसमा कोरोनाविरुद्धको लडाईं,अमेरिकी परिवार, वातावरण परिवर्तन, राष्ट्रिय सुरक्षा, नेतृत्वको विषयले प्राथमिकता पाउने बताइएको छ ।यसअघि गत अक्टोबर १५ मा हुने भनिएको बहस भने रद्द भएको थियो ।

निर्वाचन हुन १२ दिन मात्र बांकी रहंदा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन ट्रम्प भन्दा अघि रहेको मत सर्वेक्षणहरुले देखाएका छन् ।

प्रतिक्रिया