अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४४ | Colorodo: 01:59

कोलोराडोका ४ सहर उत्कृष्ट ५ मा

बिआरटीनेपाल २०७७ असोज २९ गते ११:५४ मा प्रकाशित

एजेन्सी । कोलोराडोको ४ सहर बस्नका लागि अमेरिकाकै उत्कृष्ट ५ को सूचीमा परेको छ ।

युएस न्युज एण्ड वर्ड रिपोर्टको उक्त सूची अनुसार पहिलो नम्बरमा बोल्डर र दोस्रो नम्बरमा डेनभर छन् । सूचीको तेस्रो नम्बरमा टेक्ससको अस्टिन छ भने चौथो र पाँचौँ नम्बरमा कोलोराडोको कोलोराडो स्प्रिङ र फोर्ट कोलिन्स परेका छन् ।

युएस न्युजका अनुसार स्वस्थ जीवन जिउने विकल्प, मनोरञ्जनका अवसर, रमाइलोपन र प्राकृतिक सुन्दरताका कारण बोल्डरले सबैभन्दा बढी अङ्क पाएको हो । ‘पहाडको टाकुरामा रहेको यो सहर हिमाल, स्याण्डस्टोन र पाइन तथा हिउँले ढाकिएका चुचुराले सुन्दर छ,’ युएस एण्ड वर्ल्ड रिपोर्टकी लेखिका केटी मार्कर्डले भनिन् ।

मायालु स्वभावका स्वस्थ र सकारात्मक सोच भएका प्रगतिशील बासिन्दा भएका कारण डेन्भर सूचीको दोस्रो नम्बरमा परेको हो । स्वस्थ बासिन्दाका विषयमा कुरा गर्दा रिपोर्टमा यहाँको सशक्त गाँजा व्यवसाय, उच्च प्रविधियुक्त भेपोराइजर, रोलिङ पेपर, लोसन र स्टोरेज कन्टेनरका बारेमा पनि विस्तृतमा बयान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू