अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

अमेरिकी नागरिकता लिएका एनआरएनलाई अकास्मिक बाहेक भिषा दिन बन्द

बिआरटीनेपाल २०७७ असोज २३ गते १४:४९ मा प्रकाशित

अमेरिकी नागरिकता लिएका एनआरएनहरुलाई अकास्मिक बाहेक नेपाल भ्रमण गर्ने भिषा रोकेको न्युयोर्कस्थित नेपाली महाबाणिज्यदुताबासले जनाएको छ । कोभिढ शुरुसंगै गत अप्रिल २३ बाट नेपाल जान चाहने पर्यटकलाई नेपाल जाने भिषा रोकेको न्युयोर्कको कन्सुलेटको बाणिज्यदुत गणेश अधिकारीले बताए । उनका अनुसार अमेरिकन नागरिकता लिएका नेपालीहरु कोही नेपाल जान चाहेमा आवश्याक कागजपत्र बुझाएको आधारमा मात्र भिषा दिइरहेका जनाएको छ । ‘अमेरिकन नागरिकता बाहक कोही अकास्मिक रुपमा नेपाल जान चाहेमा जानै पर्ने कारण सहितको प्रमाण बुझाएको आधारमा मात्र भिषा दिइरहेका छौ’ बाणिज्यदुत अधिकारीले भने– ‘ विना प्रमाण भ्रमणकै लागी भनेर कोही जान चाहेमा भिषा दिन रोकेका छौ’ । तर यो ग्रिनकार्ड होल्डरको हकमा भने लागु नहुने उनले बताए ।

नेपाली नागरिकता छोडेर अमेरिकन नागरिकता लिएका एनआरएनले आफनो अभिभावक वा आफन्तको मृत्यु भएमा मृत्यु दर्ताको प्रमाणपत्र र कोही आफन्त विरामी भएको र डिप्रेसनले निकै दुख पाएको भन्ने अस्पतालले लेखेको पत्रको आधारमा मात्र भिषा दिइरहेको बाणिज्यदुत अधिकारीले बताए । उनका अनुसार यसरी अकास्मिक रुपमा भिषा लिएर नेपाल जानेको संख्या ४८ जना पुगेको छ ।

तर नेपाली पासपोर्ट बाहक ग्रिन कार्ड होल्डर र नेपालबाट घुम्न आएकोहरुले ७२ घण्टा अघिको पिसिएर रिर्पोट बनाएपछि समास्या  नहुने उनले बताए । अहिले पर्यटन मन्त्रालयले सरकार समक्ष पर्यटकलाई भ्रमण गर्न दिने भन्ने प्रस्ताव पारित भएर परराष्ट्र मन्त्रालय मार्फत बाणिज्यदुताबासमा निर्देशन आएपछि भिषा दिने व्यवस्थामा परिवर्तन हुने अधिकारीले एभरेष्टटाइम्सलाई बताए । कन्सुलेटमा अहिले भिषा बाहेक अन्य सवै सेवाहरु दिइरहेको उनले बताए । एभरेष्टटाइम्सबाट

प्रतिक्रिया