अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५९ | Colorodo: 11:14

कुर्सी तोडफोड काँग्रेसको नीति र संस्कृति विपरीत

बिआरटीनेपाल २०७७ असोज १९ गते २१:०८ मा प्रकाशित

काठमाडौं, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को प्रदेशसभामा तीनजना सदस्यले गरेको कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृतिविपरीत रहेको बताउनुभएको छ ।

प्रदेश राजधानी तोक्ने विषयमा सोमबार प्रदेशसभामा काँग्रेसका तीनजना सदस्यले कुर्सी भाँच्ने कार्य गरेपछि प्रतिक्रिया दिँदै प्रवक्ता शर्माले भन्नुभएको छ, ‘‘रोस्ट्रम भाँच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरूलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उल्लङ्घनको स्वायत्तता विल्कुलै दिइएको छैन ।’’

उहाँले ट्वीटमार्फत दिनुभएको प्रतिक्रियामा ‘संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यताको, कांग्रेसका लागि रोजाइको पद्धति हो, परिमार्जित र सुसंस्कृत बनाउँदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो’ भन्नुभएको छ ।

प्रवक्ता शर्माले अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको ‘छिटपुट’ भनेर छोप्दैन, कठोरतापूर्वक सच्याएर बढ्ने सामथ्र्य राख्ने छौं भनेर तोडफोडमा संलग्न सभा सदस्यलाई सतर्क पनि गराउनुभएको छ । गोरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू