अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

अमेरिकामा मस्तिष्कलाई खाने सूक्ष्म जीव भेटियो, धाराको पानी प्रयोग नगर्न चेतावनी

बिआरटीनेपाल २०७७ असोज ११ गते १५:२८ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यस्थित लेक ज्याक्सन भन्ने स्थानमा धाराको पानी प्रयोग नगर्न चेतावनी दिइएको छ । सहरको सार्वजनिक पानी आपूर्तिमा मस्तिष्क खाने घातक सूक्ष्म जीव भेटिएपछि अधिकारीहरुले धाराको पानी प्रयोग नगर्न चेतावनी दिएको बिबिसीले जनाएको छ।

पानी परीक्षण गर्दा नेगलेरिया फोलेरी भन्ने अमोबा भेटिएको जसले मानिसको मस्तिष्कमा गम्भीर चोट निम्त्याउने बताइएको छ । अधिकारीहरूले पानीमा रहेका उक्त सूक्ष्म जीवलाई डिसइन्फेक्ट गर्ने प्रयास गरिरहेको बताएका छन् । पानी प्रयोग नै गर्नुभए उक्त पानीलाई उमालेर मात्र प्रयोग गर्न पनि सुझाव दिइएको छ। एजेन्सी/नेपालय

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू