अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८ | Colorodo: 08:13

चीनमा कोइला खानीमा च्यापिएर १६ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असोज ११ गते ६:४३ मा प्रकाशित

चीनको एक कोइला खानीमा च्यापिएर १६ जना मजदुरको मृत्यु भएको छ ।दक्षिणपश्चिमी चीनको एक खानीमा भएको दुर्घटनामा १६ मजदुरको मृत्यु भएको चीनीयाँ संचारमाध्यमहरुले जनाएका छन् । उक्त खानीमा कार्बन मोनोअक्साइड ग्याँस विस्फोट भएकोले मजदुरहरूको मृत्यु भएको बताइएको छ ।

आज बिहान भएको दुर्घटनामा अरु पनि मजदुर च्यापिएको अनुमान गरिएको छ । स्वास्थ्यकर्मी तथा औषधिसहितको टोलीले दुर्घटना स्थलमा उद्धार गरिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । चीनमा खानी दुर्घटनामा परी वर्षेनी ठूलो संख्यामा मजदुरहरूको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू