अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

पोखरामा प्याजको अधिकतम मूल्य ७० तोकियो

बिआरटीनेपाल २०७७ असोज ६ गते १:२३ मा प्रकाशित

पोखरामा प्याजको अधिकतम मूल्य कायम गरिएको छ । प्रतिकिलो ७० रूपैयाँमा कारोबार गर्ने गरी मूल्य कायम गरिएको हो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै पोखराका व्यापारीहरूले कृत्रिम अभाव खडा गरी मूल्य बढाएपछि प्रशासनले प्याजको अधिकतम मूल्य तोकिदिएको हो ।

व्यवसायीसँगको छलफलपछि प्याजको अधिकतम खुद्रा मूल्य ७० रूपैयाँ कायम गरिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्मा पौडेलले बताउनुभयो । खुद्रा मूल्य ७० रूपैयाँ प्रतिकिलो तोकिए पनि थोक मूल्य भने ५५ रूपैयाँ कायम गरिएको पौडेलले जानकारी दिनुभयो । तोकेभन्दा बढी लिएको पाइए कारबाही गरिने उहाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू