अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५२ | Colorodo: 13:07

नेप्से ६ दशमलव १२ अङ्कले घट्यो, २ अर्ब ६३ करोडको कारोबार

बिआरटीनेपाल २०७७ असोज ५ गते ७:१९ मा प्रकाशित

सोमबार नेप्से परिसूचक ६ दशमलव १२ अङ्कले घटेको छ । सोमबार नेप्से ६ अङ्कभन्दा धेरैले घटेर १५ सय ६९ दशमलव ०६ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।सोमबार उत्पादनमूलक समूहबाहेक सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६७ दशमलव ८५ अङ्कले घटेको छ । सोमबार दिनभर दुई अर्ब ६३ करोड ७३ लाख रुपैयाँ बराबरका ८५ लाख ६५ हजार कित्ता शेयर किनबेच भएका छन् ।

सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको २१ करोड ३८ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । बजार घटेको दिन पनि सोमबार युनाइटेड फाइनान्स लिमिटेडका शेयर लगानीकर्ता १० प्रतिशत कमाएका छन् । लिवर्टी इनर्जी कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने १० प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू