अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४५ | Colorodo: 16:00

कोरोना कहर र नेपालका नेता

रुद्र दाहाल, क्यानडा २०७७ असोज ४ गते ११:३३ मा प्रकाशित

कहिले सम्म बाँच्ने होला अरूको भर परिपरि
यस्ता विपथ आइरहन्छ नेपालमा घरिघरि
समाधानको बाटो खोज्न यिनले कहिल्यै जानेनन्
जनतालेनी सच्चा नेता अहिलेसम्म छाँनेनन ।।

बजेट जति यिनकै लागि जनतालाई छैन राहत
यी सबैलाई पाखा लाउने गर्नु पर्छ अब साहस
देशमा आयो परिवर्तन ठुलैलाई चइन छ
नेताले नै मॊज गर्ने जनतालाई होइन रहेछ ।।

यो कस्तो विडम्बना कहिले सम्म सहनु पर्ने
नेतालाई मोजै मोज जनता दुख गर्ने
कोरोनाले जनता व्याकुल नेता लाउँछन्
जन्तर तानासाह भन्दा यिनमा के रह्यो र अन्तर ?

जनता सधैँ कष्ट भोग्छन् बजेट जति झ्वाम्म पारेनछ
१०-१० महिना बित्दासम्म के हेरेर दिन काटेछन्
हे भगवान् यिनलाई चाँडै सद्बुद्धि दिनु पर्‍यो,
कोरोनालाई सही ढङ्गले व्यवस्थापन गर्नु पर्‍यो ।।

प्रतिक्रिया