अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

कोरोना र नेपालका प्रधानमन्त्रीको बेसार मोह

रुद्र दाहाल, क्यानडा २०७७ साउन २ गते ९:०५ मा प्रकाशित

गीत
हाम्रा काका कस्ता रैछन बकम्फुसे कुरा गर्ने,
काम कुरो एकातिर कुम्लो बोकी ठिमी झर्ने,
हुँदैन हुँदैन बेसार पानी खाँदैमा कोरोना रोग निको हुँदैन,
हुँदैन हुँदैन अदुवा पानी खाँदैमा कोरोना रोग निको हुँदैन //१//

बेसारले हुने भए संसार किन रुनु पर्थ्यो,
यिनकै जस्तो बुद्धि भए मान्छे उहिलैं मरी सक्थे
हुँदैन हुँदैन बेसार पानी खाँदैमा कोरोना रोग निको हुँदैन,
हुँदैन हुँदैन अदुवा पानी खाँदैमा कोरोना रोग निको हुँदैन //२//

यत्रो ठुलो विज्ञानले शिर निहुराउनु परेको छ ,
करोडौँको लगानी नि परिणाम विहीन भा छ
हुँदैन हुँदैन बेसार पानी खाँदैमा कोरोना रोग निको हुँदैन,
हुँदैन हुँदैन अदुवा पानी खाँदैमा कोरोना रोग निको हुँदैन //३//

जनताको चिन्ता छैन शीतल निवास रनग्यौछन,
राजनीति बिग्रिया छ जनतालाई दनग्यौछन
हुँदैन हुँदैन बेसार पानी खाँदैमा कोरोना रोग निको हुँदैन,
हुँदैन हुँदैन अदुवा पानी खाँदैमा कोरोना रोग निको हुँदैन //४//

कोरोनाको चिन्ता भन्दा एम्सिसिले पिरोल्याछ,
न टोकनु न ओकल्नु वली बालाई घाँडो भा छ
हुँदैन हुँदैन बेसार पानी खाँदैमा कोरोना रोग निको हुँदैन,
हुँदैन हुँदैन अदुवा पानी खाँदैमा कोरोना रोग निको हुँदैन //५//

जनता सधैँ कष्ट भोग्छन् बजेट जति झयाम् पारेछन्
६ -६ महिना बित्दासम्म के हेरेर दिन काटेछन्
हुँदैन हुँदैन बेसार पानी खाँदैमा कोरोना रोग निको हुँदैन,
हुँदैन हुँदैन अदुवा पानी खाँदैमा कोरोना रोग निको हुँदैन //६//

व्यवस्थापन शून्य देखियो लकडाउनमा जाकी राखे,
सनक्रमनकै मौकापारि भारदारलाई पोसी रैछन
हुँदैन हुँदैन बेसार पानी खाँदैमा कोरोना रोग निको हुँदैन,
हुँदैन हुँदैन अदुवा पानी खाँदैमा कोरोना रोग निको हुँदैन //७//

जनता भने कोरानाले आक्रान्त भई व्याकुल छन् ,
प्रधानमन्त्री बेसार अदुवा प्रचार गर्दै बसेका छन्
हुँदैन हुँदैन बेसार पानी खाँदैमा कोरोना रोग निको हुँदैन,
हुँदैन हुँदैन अदुवा पानी खाँदैमा कोरोना रोग निको हुँदैन //८//

यिनको मति कहिले आउला जनताको मर्का बुझ्ने,
आत्मालाई साक्षी राखी जनताको भलो गर्ने
हुँदैन हुँदैन बेसार पानी खाँदैमा कोरोना रोग निको हुँदैन,
हुँदैन हुँदैन अदुवा पानी खाँदैमा कोरोना रोग निको हुँदैन //९//

हे भगवान् यिनलाई चाँडै सद्बुद्धि दिनु पर्‍यो,
कोरोनालाई सही ढङ्गले व्यवस्थापन गर्नु पर्‍यो
हुँदैन हुँदैन बेसार पानी खाँदैमा कोरोना रोग निको हुँदैन,
हुँदैन हुँदैन अदुवा पानी खाँदैमा कोरोना रोग निको हुँदैन //१०//

प्रतिक्रिया