अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०७ | Colorodo: 10:22

बंगलादेशमा एउटा मस्जिदमा भएको आगलागीमा परेर १२ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ भदौ २० गते ६:५१ मा प्रकाशित

बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा परी अरू दर्जनौँ घाइते अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा गए राती आगलागी भएको हो । घटनामा परि कम्तीमा ३७ जना जलेर घाइते भएका छन् र उनीहरु मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये अधिकांश ६० देखि ७० वर्षसम्मका रहेका छन् । स्थानीय समयअनुसार गए राती ९ बजेतिर आगलागी भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू