अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२९ | Colorodo: 15:44

साताको अन्तिम दिन आज सुनको मुल्य फेरि बढ्यो

बिआरटीनेपाल २०७७ साउन ३० गते ७:३५ मा प्रकाशित

साताको अन्तिम दिन आज सुनको मुल्य फेरि बढेको छ । हिजोको तुलनामा तोलामा आठ सय रुपैयाँले सुनको मुल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो । आजका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ पुगेको छ । हिजोको तुलनामा चाँदीको मूल्यमा पनि बढोत्तरी भएर प्रतितोला १३ सय ५५ रुपैयाँ पुगेको छ । गत साउन २३ गते सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च एक लाख तीन हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू