अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

नेप्से परिसूचक झण्डै ३८ अङ्कले बढ्यो

बिआरटीनेपाल २०७७ साउन २६ गते ६:२२ मा प्रकाशित

धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक सोमबार झण्डै ३८ अङ्कले बढेको छ । सोमबार परिसूचक ३७ दशमलव ७४ अङ्कले बढेर १४ सय ३० दशमलव ४१ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आइतबार पनि नेप्से परिसूचक ११ अङ्कले बढेको थियो । यस्तै सोमबार ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ७ दशमलव ६३ अङ्कले बढेको छ । सोमबार म्युचल फण्डबाहेक सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको २८३ र जीवन बीमा समूहको २२३ दशमलव १५ अङ्कले परिसूचक बढेका छन् ।

सोमबार दिनभर ८६ करोड ९२ लाख रुपैयाँ बराबरका २६ लाख ३३ हजार कित्ता शेयर किनबेच भएका छन् । सोमबारको कारोबार रकम भने आइतबारको भन्दा थोरै हो । आइतबार ९७ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको थियो । सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको १२ करोड ३१ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

सोमबार साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने झण्डै ६ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू