अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

कोरोना भ्याक्सिनको प्रयोगले ५० देखि ६० प्रतिशत मात्र संक्रमण रोक्न सक्ने–डा. फाउसी

बिआरटीनेपाल २०७७ साउन २४ गते ६:२७ मा प्रकाशित

अमेरिकाका बरिष्ठ कोरोना विशेषज्ञ डा.एंथोनी फाउजीले सार्वजनिक स्वास्थ्य सुरक्षाको उपाय नै कोरोना भाइरस संक्रमण कम गर्ने मुख्य हतियार रहेको बताउनुभएको छ ।कोरोना भ्याक्सिनको प्रयोगले ५० देखि ६० प्रतिशत मात्र संक्रमण रोक्न सक्ने भएको भन्दै फाउसीले स्वास्थ्य सुरक्षा नै पहिलो प्राथमिकता रहेको बताउनुभएको हो ।

भ्याक्सिनको प्रयोग कत्तिको प्रभावकारी हुन्छ भन्ने पत्ता लागिनसकेको अवस्थाम महामारी नियन्त्रणका लागि यो नै उत्तम विकल्प रहेको डा. फाउजीको भनाई छ । अमेरिका कोरोना भाईरस संक्रमणको उच्च चपेटामा परेको छ ।

यसैवीच, अकेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीका कारण उत्पन्न आर्थिक संकटसंग लड्नका लागि तयार पारिएको विशेष राहत प्याकेजसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताउनुभएको छ । यस मार्फत कर दाता र बेरोजारहरुलाई राहत प्याकेज दिईने अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।

कोरोना संकटका कारण अमेरिकामा १० दशमलब २ प्रतिशतले बेरोजगारीको दर बढेको छ । जुन सन् २००८ को आर्थिक संकट पछिको धेरै रहेको बताइएको छ ।

प्रतिक्रिया