अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

गायिका माया नानुको आवाजमा “कोरोना भाइरसमा फसौला ” भिडियो सहित

बिआरटीनेपाल २०७७ साउन ७ गते १०:२५ मा प्रकाशित

काठमान्डु – नेपाली मौलिक तिज गीतहरू मौलिकता बाट पर गइरहेको अवस्थामा डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा प्रवीण क्षेत्रीको पहिलो लोकदोहोरी तिज गीत “कोरोना भाइरसमा फसौला ” गीतको भिडियो बजारमा आएको छ ।गायक सुरज थापा र गायिका माया नानुको आवाज गीतमा रहेको छ । नेपाली नारीहरूले भोगेको पिडा र व्यथालाई गीतमा समेटिएको छ । कोरोना भाइरसले पारेको प्रभावलाई गीतमा समेटिएको छ ।

प्रवीण क्षेत्रको शब्द सिर्जना तथा इन्द्र दाहाल शिशिरको लय सिर्जना गीतमा रहेको छ । नेपाली तिजको गीतहरूमा भड्किलो किसिमको पहिरन र शब्द प्रयोग भइरहेको अवस्थामा आम रूपमा दर्शकको मनोभावनाको कदर गर्दै समयानुकूल गीत लाई बजारमा ल्याएको गीतका सर्जक प्रवीण क्षेत्रीले बताए । सुशील डाँगीको छायाङ्कन , अविनाश डिसीको सम्पादन तथा रविन शाहको निर्देशन भिडियोमा छ । गीतको भिडियोमा लोमश शर्मा र सिम्रन दुलालको अभिनय तथा नृत्य रहेको छ ।

 

 

भिडियो:

प्रतिक्रिया