अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

हेमा मानन्धर र अशोक कुमार श्रेष्ठलाई ‘स्टार-२०२०’ अवार्ड

बिआरटीनेपाल २०७७ साउन ६ गते ९:०२ मा प्रकाशित

काठमाडौँ– समाजसेवी हेमा मानन्धर तथा अशोक कुमार श्रेष्ठ वर्ल्ड बुक अफ रेकर्डको ‘स्टार २०२०’ बाट सम्मानित भएका छन् । उनीहरूलाई महिला, बालबालिका तथा नागरिक मन्त्रालयका मन्त्री पार्वत गुरुङले मङ्गलवार एक समारोहका बिच सम्मानित गरेका हुन् । मानन्धर नेपलिज फेशन होमकी अध्यक्ष हुन् भने श्रेष्ठ नेपाल क्योकुशिन सेईसिन काईकान कराँते सङ्घका अध्यक्ष हुन् । मन्त्री गुरुङले दुबैलाई खादा लगाएर सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

लकडाउनका कारण काठमाडौँ उपत्यका तथा आसपासका जिल्लाहरूमा दैनिक ज्यालादारी तथा मजदुर कराँते खेलाडीका घर परिवारहरूलाई खाद्यान्न सहयोग वितरण गरेर समाजमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै वर्ल्ड बुक अफ रेकर्ड, बेलायतबाट स्टार( २०२० को पदवीबाट उनीहरूलाई सम्मान गरिएको हो । उक्त समारोहमा वर्ल्ड बुक अफ रेकर्ड, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवाल तथा र्‍याप गायक निर्णय श्रेष्ठले सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गरेका थिए । वर्ल्ड बुक अफ रेकर्ड विश्वव्यापी रूपमा रेकर्डहरू प्रमाणीकरण गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।

एसिया, अफ्रिका र युरोपसहित विश्वव्यापी सञ्जालमार्फत वर्ल्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, मठमन्दिर र सामाजिक, आर्थिक, सांस्कृतिक, साङ्गीतिक आदि क्षेत्रहरूमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरूलाई सूचीकृत र सम्मानित गर्दै आएको वर्ल्ड बुक अफ रेकर्ड, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले जानकारी दिएका छन् ।

प्रतिक्रिया