अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 11:31

सबैले आशा गरेअनुसार नै मौद्रिक नीति आएको छ – पूर्वगभर्नर क्षेत्री

बिआरटीनेपाल २०७७ साउन ३ गते ६:२८ मा प्रकाशित

पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले नेपाल राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीति राम्रो आएकोले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले मौद्रिक नीतिले निजी क्षेत्रपनि उत्साही भएको बताउनुभयो ।

उहाँले निजी क्षेत्रले सवै अपेक्षा पूरा भने हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले गभर्नर महाप्रसाद अधिकारी आफैं राष्ट्र बैंकमा लामो समय काम गरेर खारिएको व्यक्ति भएकोले पनि मौद्रिक नीति राम्रो ल्याउन सफल भएको प्रतिक्रिया दिनुभयो ।

जुन स्पिरिटमा मौद्रिक नीति ल्याईएको छ, यही स्पिरिटका साथ कार्यान्वयन गर्नुपर्नेमा क्षेत्रीले जोड दिनुभयो । मौद्रिक नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि राष्ट्र बैंकले तत्काल टास्क–फोर्स गठन गरीत् यहीमार्फत मनिटरिङ गर्नुपर्ने उहाँले आवश्यकता औंल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू