अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

नेकपा विवाद–‘राजिनामा दिन्न, सकेको गर्नुस्’– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ साउन १ गते ६:३९ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूले पदबाट कुनै हालतमा राजिनामा नदिने प्रष्ट गर्दै सकेको गर्न आफ्ना विरुद्धमा रहेका नेताहरुलाई चुनौति दिनुभएको छ । ओलीको कार्यशैली र अभिव्यक्तिले पार्टी र सरकार दुबै संकटमा परेको निष्कर्ष निकाल्दै आउनु भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई ओलीले सकेको गर्न चुनौति दिनुभएको हो ।

विवादको समाधान खोज्न भन्दै आफूसँग छलफल गर्न बालुवाटार पुगेका प्रचण्ड र नेपाललाई उहाँले आफू स्थायी कमिटी मात्र होइन पार्टीका सबै कमिटी फेस गर्न तयार रहेको तर राजिनामा भने नदिने जवाफ दिनुभएको बताईएको छ । स्थायी कमिटी लगातार स्थगित गरेर समाधान खोज्न भनेपनि दुई अध्यक्षको संवादबाट हल ननिस्केपछि आजको छलफलमा माधव नेपाल पनि थपिनु भएको थियो ।

बैठकमा प्रचण्ड र नेपालले प्रष्ट शब्दमा पुरानै माग राख्दै अब ओलीको राजिनामा बाहेक अरु विषयबाट समाधान ननिस्कने भएकाले पद त्याग्न अनुरोध गर्नुभएको थियो । ओलीले छोप्नै नसक्ने गरी राजनीतिक र कूटनीतिक कमजोरी गरेकाले अर्को बाटो नरहेको उहाँहरुले जिकिर गर्नुभएको छ । आजकोे बैठकमा पार्टी महासचिव विष्णु पौडेल र जनार्दन शर्माको समेत सहभागिता रहेको थियो । छलफलबाट निष्कर्ष ननिस्के पनि शुक्रबारको स्थायी कमिटी बैठक बोलाउन भने सहमति बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू