अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

अनेसास बेलायतको अध्यक्षमा लारा

बिआरटीनेपाल २०७७ असार २२ गते ११:२८ मा प्रकाशित

सुनिल संगम, ६ जुलाई २०२० बेलायत – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई ‘लारा’ निर्वाचित भएकी छिन् जसमा उपाध्यक्ष राज श्रेष्ठ, महासचिव सन्तोष कार्की, कोषाध्यक्ष सचिन गुरुङ, सदस्यहरूमा सारादेवी गुरुङ, सेमन्त राई, भरत राई, माया गुरुङ, नृपेश उप्रेती, शुलभ श्रेष्ठ र मन्जु भण्डारी निर्वाचित भएका छन् ।

कोभिड–१९ को कारण अनेसास बेलायतले ०५ जुलाई २०२० आइतबारको दिनमा ‘भर्चुअल’ माध्यमबाट संस्थाको सातौँ अधिवेशन सम्पन्न गरेको थियो । अनेसास बेलायतका अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षता रहेको अधिवेशन तथा कार्यक्रममा अनेसासका केन्द्रीय उपाध्यक्ष सुनिल संगमको पनि उपस्थिति रहेको थियो भने संस्थाकी उपाध्यक्ष लाराले स्वागत मन्तव्य दिएकी थिइन्। कार्यक्रममा महासचिव सन्तोष कार्की र कोषाध्यक्ष सचिन गुरुङले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए साथै प्रमुख निर्वाचन आयुक्त तथा अनेसास बेलायतका सल्लाहकार डा. रूपक श्रेष्ठले अधिवेशन सफलताका लागि शुभकामना दिएका थिए । अध्यक्ष सुमलकुमार गुरुङले अनेसास बेलायत च्याप्टरलाई आफ्नो दुई कार्यकालको अवधिभर सहयोग पुर्‍याउने संस्थाका सम्पूर्ण पदाधिकारीहरू, सदस्यहरू, सल्लाहकारहरू तथा अन्य सहयोगीहरू महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

दुई चरणमा सम्पन्न उक्त कार्यक्रमको दोस्रो चरणको कविता वाचन कार्यक्रममा भरत राई, सेमन्त राई, नृपेश उप्रेती, मन्जु भण्डारी, सन्तोष कार्की, राज श्रेष्ठ, सारादेवी गुरुङ, डा. रूपक श्रेष्ठ, सुनिल संगम, सुमल गुरुङ, माया गुरुङ, शुलभ श्रेष्ठ, सचिन गुरुङ लगायतले आ-आफ्नो रचना वाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू