अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४८ | Colorodo: 13:03

बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न व्यवसायीको आग्रह

बिआरटीनेपाल २०७७ असार २१ गते ७:५७ मा प्रकाशित

बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न व्यवसायीले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर नसारिए सडक संघर्षमा उत्रने व्यवसायीले चेतावनीसमेत दिएका छन् । साना व्यवसायीको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रेस वक्तव्य जारी गर्दै सडक संघर्षको चेतावनी दिएको छ ।

विभिन्न पाँच बुँदे माग अघि सार्दै आफ्ना माग पुरा नभए सडकमा उत्रिन बाध्य भइने भन्दै महासंघले चेतावनी दिएको छ । करिब तीन महिना भएको पूर्ण बन्दाबन्दी र हालसम्म पनि जारी रहेको आंशिक बन्दाबन्दीका कारण उद्योग–व्यवसाय निकै अप्ठेरोमा परेको भन्दै तत्कालै ब्याज छुटको घोषणा गरिनुपर्ने महासंघका अध्यक्ष नरेश कटुुवालले बताउनुुभयो ।

महासंघले बन्दाबन्दी अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत् छुट हुनुपर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सार्नुपर्ने, पुर्नकर्जा कोषमा साना उद्योगी–व्यवसायीको पहुँच सुनिश्चितता गरिनुपर्ने माग अघि सारेको छ । कर्जाको ब्याजदर बढीमा आठ प्रतिशत कायम गर्नुपर्ने र स्प्रेड रेट घटाएर तीन दशमलव पाँच प्रतिशत कायम गर्नुपर्ने माग पनि महासंघले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू