अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९ | Colorodo: 09:44

अमेरिकाको टेक्सासमा माक्स अनिवार्य, नलगाउनेलाई जरिवाना

बिआरटीनेपाल २०७७ असार १९ गते ७:४३ मा प्रकाशित

अमेरिकाको टेक्सास राज्यमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लगाइएको छ । अमेरिकामा कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टरका रुपमा विकसित टेक्सास राज्यका रिपब्लिकन गभर्नरले मास्क प्रयोग अनिवार्य गराउनुभएको हो । सुरुमा कोरोना भाइरसको महामारीलाई त्यति गम्भीर रुपमा नलिएका गभर्नर ग्रेग एबोटले पछिल्लो केही हप्तादेखि राज्यमा संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि सार्वजनिक स्थानमा मास्क अनिर्वाय गर्नुभएको हो ।

उहाँको यो निर्देशन २० भन्दा बढी संक्रमित रहेका राज्यका काउन्टीहरुमा लागू हुन्छ । टेक्सासका २५४ काउन्टी मध्ये अधिकांशमा २० भन्दा बढी संक्रमित रहेका छन् । टेक्सासमा पछिल्लो समय भाइरसबाट संक्रमित भएर अस्पताल भर्ना हुनु पर्ने बिरामीको संख्या ह्वात्तै बढेको छ । नयाँ आदेशको अवज्ञा गरेर शहरमा मास्क नलगाई हिड्नेलाई २ सय ५० अमेरिकी डलरसम्म जरिवाना तिराइनेछ । अमेरिकाका ५० राज्य मध्ये टेक्ससमा सबैभन्दा थोरै २८ दिन मात्रै लकडाउन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू