अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१ | Colorodo: 09:16

राष्ट्रपति ट्रम्पको एसियन विरोधी अभिव्यक्तिप्रति पूर्व राष्ट्रपति ओबामाको आपत्ति

बिआरटीनेपाल २०७७ असार १६ गते ७:४६ मा प्रकाशित

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्ना उत्तराधिकारी डोनाल्ड ट्रम्पको एसियन बिरोधी अभिव्यक्तिको गम्भीर आलोचना गर्नुभएको छ । ट्रम्पले हालै ओक्लोहोमामा भएको चुनावी र्यालीमा प्रयोग गरेको रंगभेदी शब्दप्रति ओबामाले गम्भीर आपत्ति र दुःख व्यक्त गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले चुनावी सभालाई सम्बोधन गर्ने क्रममा कोरोना भाइरसलाई ‘कुङ्ग फ्लू’ भन्नुभएको थियो । उहाँले एसियन विरोधी भावना जागृत गर्नका लागि सो आपत्तिजनक टिप्पणी गरेको भन्दै आलोचना भइरहेको छ । ओबामाले त्यसप्रति गम्भीर विश्मात जनाउँदै भन्नुभएको छ्, ‘म यस्तो अमेरिका चाहँदिन कि जसको राष्ट्रपतिले सक्रिय रुपमा एसियन विरोधी भावनालाई प्रसय दिन्छन् र त्यसलाई रमाइलोका रुपमा लिन्छन् । म त्यो चाहँदिन । मलाई सो टिप्पणीले अझै पनि आश्चर्यमा पारेको छ र स्तब्ध छु ।’

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनका लागि भएको फण्डरेजरमा ओबामाले यस्तो बताएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका हुन्। ट्रम्पले ओक्लोहोमापछि एरिजोनामा भएको युवाहरुको र्यालीमा पनि रंगभेदी टिप्पणी गर्नुभएको थियो । ट्रम्पले कोरोना भाइरसको महामारीलाई लिएर लगातार चीनको आलोचना गर्दै आउनुभएको छ ।

प्रतिक्रिया