अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 21:08

प्रिमियर लिगमा लिभरपुलद्धारा क्रिष्टल प्यालेस पराजित

बिआरटीनेपाल २०७७ असार ११ गते १:३७ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिरभपुलले क्रिष्टल प्यालेसलाई ४–० ले हराएको छ । गएराती आफ्नै मैदान एन्फील्डमा लिभरपुललाई विजयी गराउन अलेक्जेण्डर आर्नोल्ड, फाबिन्हो, मोहोमद सालाह र सादियो मानेले एक एक गोल गरे ।जितपछि लिभरपुल प्रिमियर लिगको उपाधिसँग दुई अंकको दुरीमा पुगेको छ । तर म्यान्चेस्टर सिटी आज हुने खेलमा चेल्सीसँग पराजित भएको खण्डमा भने लिभरपुलले बाँकी कुनैपनि खेलबाट अंक नजोडेपनि लिगको उपाधि उचाल्नेछ ।

लिभरपुलको ३१ खेलबाट ८६ अंक भएको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ६३ अंकसहित दोस्रो स्थानमा छ । प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३–० ले हरायो । उसका लागि तीनवटै गोल फ्रेन्च खेलाडी एन्थोनी मार्टियलले गरे । सेफिल्डमाथिको सहज जितसँगै युनाइटेडले ३१ खेलबाट ४९ अंक जोडेको छ ।

युनाइटेड लिगको पाँचौं स्थानमा रहेको छ । प्रिमियर लिगकै अन्य खेलहरुमा एभर्टनले नर्विच सिटीलाई तथा वुल्भरह्याम्पटन वान्डरर्सले बर्नमाउथलाई १–० ले हराउँदा न्युकासल युनाइटेड र एस्टन भिल्लाले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया