अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

अदालतद्धारा राष्ट्रपति  ट्रम्पलाई ओक्लोहोमामा चुनावी र्याली गर्न अनुमति

बिआरटीनेपाल २०७७ असार ५ गते २३:३९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओक्लोहोमामा चुनावी र्याली गर्न अदालतबाट अनुमति पाउनुभएको छ । ट्रम्पले शनिबार ओक्लोहोमाको टल्सामा चुनावी सभा गर्दै हुनुहुन्छ । कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै सो र्याली रोक्न माग गरी दायर मुद्दामा ओक्लोहोमा अदालतले अनुमति दिएको हो ।

ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनाव केन्द्रित र्याली मार्च यता पहिलो पटक गर्न लाग्नुभएको हो । कोरोना संक्रमण बढिरहेको क्षेत्रमा ट्रम्पले सभा आयोजना गरेकामा ओक्लोहोमाका स्वास्थ्य अधिकारीहरु भने चिन्तित देखिएका छन् ।

चुनावी र्यालीमा सहभागी हुनका लागि १० लाखभन्दा बढी मानिसले टिकटका लागि अनुरोध गरेको दाबी ट्रम्पले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू