अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

लायन्स क्लब अफ कुयिन्सको न्युयोर्कमा राहत वितरण सम्पन्न

बिआरटीनेपाल २०७७ असार २ गते २१:३० मा प्रकाशित

न्युयोर्कमा कोरोना भाइरसको महामारीले जनजीवन प्रभावित भए लगत्तै Nepali lions Network, NY to help COVID -19 lions (clubs of Queens , Buddha, Nepalese & KTM) अन्तर्गत सबै नेपाली लायन्स क्लबहरू सङ्गठित भएर आफ्नो श्रोत साधन क्षमताले भ्याएसम्म कोरोना प्रभावित समुदायको हितको लागि सूचना र विभिन्न आवश्यक सामग्री उपल्व्ध गराउँदै आएको छ ।

यसैबिच Lions clubs International District 20 K1 zone 1G अन्तर्गत रहेका Lions Clubs of Queens का नेपाली र अन्य दुई Flushing र Kew Gardens का लायन्सहरूको सक्रिय सहभागितामा Lions Club International District 20-K1 zone chairmen Yalin Weng को प्रायोजनमा 06/14/2020 का दिन नेपाली र अन्य समुदायलाई समेत खाद्यान्न वितरण कार्यक्रम ज्याक्सन हाइट न्यु योर्क कुईन्समा सम्पन्न भएको छ । विशेष गरेर COVID-19 बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका र सहयोगको अति जरुरी भएका परिवारहरूको पहिचान गरी सङ्कलित नामावली अनुरूप ७५ परिवारलाई खाद्यान्न (चामल, दाल, राजमा, बोडी र चना) वितरण गरिएको छ ।

Nepali Lions Network का कार्यक्रम संयोजक कुईन्स बुद्ध का अध्यक्ष लायन अर्जुन गौडेलले खाद्यान्न वितरण कार्यक्रम को संयोजन गर्नु भएको थियो । स्पेशलिस्ट क्लब कोओर्डिनेटर लायन मङ्गलदास श्रेष्ठ, वरिष्ठ लायन कृष्ण आचार्य, लायन बेगम पण्डित, Queens KTM अध्यक्ष लायन रुद्र पुन लगायतले लायन्सक्लवहरू जति बढी बनाउन सक्यो समुदायमा सेवा पनि त्यति नै धेरै पुर्‍याउन सकिने विचार राख्दै Zone chairmen Lion Yalin Weng लाई आर्थिक सहयोगको लागि विशेष धन्यवाद दिएका थिए । ऊनीहरूले समुदायलाई अप्ठेरो पर्दा जहिले पनि कुईन्समा रहेका तीन वटै नेपाली लायन्स क्लबहरू सङ्गठित भएर समुदायको सेवामा सधैँ मिलेर कार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

Zone chairmen Lion Yalin Weng ले आफूले गरेको यो दान र सहयोगले COVID-19 महामारीबाट पीडित परिवारलाई थोरै भए पनि राहत दिन पाउँदा गर्व लागेको बताउँदै यो कार्यक्रम मा स्थानीय क्लबहरूको संयोजकारी भूमिका अति राम्रो भएको र आगामी दिनमा सबै नेपाली लायन्स क्लबहरूलाई प्रेरित गर्दै आवश्यकता अनुसार समुदायको हितमा अरू धेरै कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरिन् । कार्यक्रमको अन्तमा खाद्यान्न वितरण कार्यक्रमका संयोजक लायन अर्जुन गौडेलले प्रायोजक Lion Ms. Weng लगायत सबै स्वयंसेवक लायनहरूलाई धन्यवाद दिँदै यो कार्यक्रम सम्पन्न गर्न पुर्‍याउनु भएको योगदान र सामूहिक सहकार्यले आफूलाई सामाजिक सेवा कार्यमा अझ उत्साह थपेको बताए।

राहतको लागि अत्यावश्यक परिवारहरूको पहिचान गरिएका वास्तविक नाम अनुसार खाद्यान्न वितरणमा सहजीकरण गर्न स्वयंसेवी लायनहरू खिम भट्टराई, रूपा शाह, बुद्ध पौडेल, रिमाया नेपाली, खड्ग ब. पुलामी मगर (विक्की), चन्द्र नेपाली, शिवजी खड्का, शिव के.सी, राजा राहत खान, रविना बानिया, अशोक कार्की लगायत अन्य स्वयंसेवकहरू खटिनुभएको थियो ।

प्रतिक्रिया