अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१२ | Colorodo: 14:27

निजी प्रयोगशालालाई पनि कोरोनाको पीसीआर परीक्षण गर्न दिने सरकारको निर्णय

बिआरटीनेपाल २०७७ जेठ ३२ गते ७:०३ मा प्रकाशित

सरकारले निजी अस्पतालका प्रयोगशालालाई पनि पीसीआर विधिबाट कोरोना परीक्षण गर्न दिने निर्णय गरेको छ। सरकारले संकलन गरेका स्वाबलाई निजी प्रयोगशाला परीक्षण गर्न दिने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका जारी गरेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । प्रवक्ता गौतमका अनुसार निजीमा गरिएको परीक्षणको शुल्क भने सरकारले व्यहोर्ने छ ।

त्यसैगरी सरकारले कोरोना परीक्षण गर्न आवश्यक ठहर्याएबाहेक तीन मापदण्डका व्यक्तिले शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाउने गरी निर्णयसमेत सरकारले गरेको छ । विदेशी कूटनीतिक निकायका व्यक्तिले, विदेश जानका लागि निरोगीताको प्रमाणपत्र पेश गर्नु परेका व्यक्तिले र कतैबाट पीसीआर परीक्षणका लागि अत्यावश्यक भनी सिफारिस भई आएकाले सःशुल्क पीसीआर परीक्षण गर्न पाउने व्यवस्था भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

सःशुल्क परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पताल गरी ३ अस्पताल तोकिएका छन्। पीसीआर परीक्षणको शुल्क ५ हजार ५ सय तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू