अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

नेपालीको रोग प्रतिरोधात्मक क्षमता तुलनात्मक रूपमा धेरै

बिआरटीनेपाल २०७७ जेठ २९ गते २२:०९ मा प्रकाशित

कोरोना भाइरसका कारण सङ्क्रमितको सङ्ख्या बढ्दै गर्दा खानाका बिभिन्न परिकारका कारण नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो भएको भन्ने बहस अहिले चर्चामा छ । प्रधानमन्त्रीदेखि नेता कार्यकर्ताले यसो भनिरहँदा विज्ञहरूले भने चर्चामा भनिए जस्तो प्रतिफल आउने गरी अध्ययन नभए पनि यो तथ्यलाई नकार्न नसकिने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसददेखि सार्वजनिक समारोहमा समेत नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो भएको दोहर्याइरहँदा खिसिटियुरी गर्नेको सङ्ख्या पनि कमी छैन । राजनीति गरेर प्रधानमन्त्री भएका प्रधानमन्त्रीको अभिव्यक्तिबारे जनस्वास्थ्यविज्ञहरुले पनि केही प्रतिशत सहमती जनाएका छन् । जनस्वास्थ्यविज्ञ डा.रवीन्द्र पाण्डेका अनुसार घरेलु उपचारको रुपमा ज्वानो, बेसार, अदुवा, मरिच, ल्वांग, सुकमेल, कागती,बोझो खाने चलन नेपाली समाजमा छ । नेपालीहरुले धेरै दिन फ्रीजमा राखेको बासी खानेकुरा नखाने र बारीमा भएका ताजा तरकारी धेरै परिकारहरु खानाले पनि नेपालीलाई सामान्य भाईरलसँग जुध्न सक्ने क्षमता रहेको उहाको भनाई छ ।

ऋषीमुनीको पालादेखि चलनचल्तीमा प्रचलनमा रहेको जडिबुटीको महत्वको बारेमा जति चर्चा हुन्छ त्यतिको प्रभावकारी हुन्छ भन्ने पुष्टि भइसकेको छैन । तर यी जडीबुटीहरु रोग प्रतिरोधात्मक क्षमताका लागि अचुक मानिन्छन् । सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुनले सामान्य रुघा खोकीका बेला हामीले मुख बार्ने, घरायसी ज्वानो, बेसार खाने चलनले पनि यस्ता चिजले प्रतिरोधी क्षमता बढाउने बताउनु हुन्छ ।

नेपालमा हाल ३ सय प्रकारका औषधीय गुण भएका जडिबुटी पाइन्छन् भने तिनै जडिबुटीको प्रशोधन गरी मुलुकभरमा ३ सय ८२ आयुर्वेद औषधालय सञ्चालनमा छन् । आयुर्वेदिक औषधि सेवन गर्दा रोग प्रतिरोधी क्षमता बढाउँन मद्धत गर्ने योग एवं प्राकृतिक चिकित्सा विज्ञ हरिप्रसाद पोखरेल पनि बताउनुहुन्छ । भिटामिन सि र डी ले रोगप्रतिरोधात्मक क्षमता बढाउने अनुसन्धानले देखाएको छ ।

कोरोना संक्रमणमा हुने स्ट्रोक, थ्रोम्बोसिस आदिमा नेपालीका परम्परागत खाना उपयोगी रहेका छन् । नेपालबाट हरेक वर्ष १ सय ५० प्रकारका जडिबुटी निर्यात हुनुले पनि यहाँका कुनाकन्दरा औषधिका भण्डार हुन् भन्ने देखाउँछ । तर मुलुकभित्रको जडिबुडी सङ्कल र प्रसोधन गरी औषधोपचारमा लगाउने बारेमा सरकारले गरेको लगानी र हालसम्मको उपलव्धि सन्तोषजनक छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू